सुचना, समाचार र मनोरन्जन

सुदूरपश्चिमका शक्तिपीठमा जात्राको रौनक

दशैँ र तिहारजस्ता ठूला पर्व सकिएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राको रौनक शुरू भएको छ । कात्तिक शुक्ल पक्षमा बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, बझाङलगायत जिल्लाका शक्तिपीठ तथा मन्दिरमा जात्रा लाग्ने गर्छ ।

कात्तिक शुक्ल पूर्णिमासम्म नै विभिन्न शक्तिपीठ तथा मन्दिरमा जात्रा लाग्ने गरेको छ । स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टका अनुसार कात्तिक मास उत्तम भनेर शास्त्रमा समेत लेखिएकाले यो महिना देवीदेवताको पूजाका लागि उत्तम मानिन्छ ।

Pach Pandav

कात्तिक शुक्ल पक्ष शुरू भएसँगै बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती, बाह्र ज्योर्तिलिङ्गमध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार, मेलौली भगवती, फाल्ङासैनी भगवती, शिवनाथ, महारुद्र, त्रिवणीधाम ९राताशीला०, गणमेश्वर, जगन्नाथ मन्दिरमा जात्रा लाग्ने गर्छ ।

यस्तै कफलाशैनी भगवती, जगन्नाथ, सिगास धुरा, सनशेर, सुरपाल, अनिरुद्रलगायत मन्दिरमा कात्तिक शुक्ल पक्षमै जात्रा लाग्ने गर्छ ।

Leave A Reply

Your email address will not be published.