पोखरा,
‘हेभेनली इभेन्ट म्यानेजमेन्ट’ द्ववारा आयोजना गरिएको ‘लिटिल मिस मोन्टेसरी एण्ड प्रि–स्कुल सिजन २’ को उपाधि बिनिशा कार्कीले जितेकी छन् । १३ जना बालिकाहरु सहभागी भएको उक्त प्रतियोगिताका उपाधी विनिता कार्कीले हात पारेकी छिन । कार्कीले नगद रु ५० हजार सहित क्राउन, स्यास र अवार्ड प्राप्त गरेकी हुन ।
प्रमुख अतिथि पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि यस्ता कार्यक्रमहरू अत्यन्तै महत्त्वपूर्ण रहेको बताउँदै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

प्रतियोगितामा बिहान्शा शर्मा फस्ट रनरअप, सबिया ढकाल सेकेन्ड रनरअप र क्रिजल कार्की थर्ड रनरअप घोषित भएका छन भने साधना शर्माले ’भ्युअरर्स च्वाइस’ अवार्ड जितेकी थिईन । उक्त प्रतियोगितामा कौशल्या गुरुङ (नवदीप बोर्डिङ स्कुलकी संस्थापक),मोनिका थापा (पोखरा वर्ल्ड स्कुलकी संस्थाप०अनुषा श्रेष्ठ (फेसन कोरियोग्राफर, मोडल), प्रकाश रेग्मी (नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका प्रिन्सिपल), आशिष पुरी (प्रचारका सञ्चालक, मिडियाकर्मी), सन्देश भुर्तेल (कप्पिङ रुमका सञ्चालक) लगायतले निर्णायक भुमिका खेलेका थिए ।
यस्ता खालका प्रतियोगिताहरुले बालबालिकाहरूको प्रतिभा प्रस्फुटन र पहिचानमा महत्त्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ । हेभेनली इभेन्ट म्यानेजमेन्टका सञ्चालक सफल सुवेदीले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै समुदायमा विकसित हुँदै गएका नयाँ प्रतिभाहरुको खोजी गर्न आउँदा दिनहरुमा पनि यस्ता कार्यक्रम संचालन गरिने बताए ।