सुचना, समाचार र मनोरन्जन

अब साँघुरो जग्गाको पनि कित्ताकाट गर्न पाइने

काठमाडौं,

अब साँघुरो जग्गाको पनि कित्ताकाट गर्न पाइने भएको छ । सरकारले भूउपयोगसम्बन्धी नियमावलीमा संशोधन गर्दै कित्ताकाट खुला गरेको हो ।

यसअघि नियमावलीको नियम १२ को उपनियम २ मा ५०० वर्गमिटर भन्दा कम क्षेत्रफल भएको जग्गा यदि चौडाइभन्दा लम्बाई ४ गुणा बढी छ भने त्यस्तो जग्गा कित्ताकाट गर्न नपाइने व्यवस्था थियो ।

संशोधित नियमावलीले यो व्यवस्था हटाइदिएको छ । योसँगै साँघुरो किसिमका त्यस्ता जग्गा समेत कित्ता विभाजन गरि बिक्री गर्न पाइने भएको छ ।

Leave A Reply

Your email address will not be published.