सुचना, समाचार र मनोरन्जन

नागरिक समाजको १९औँ वार्षिकोत्सवमा दर्जनौँ व्यक्तित्व सम्मानित

काठमाडौं ।

सामाजिक रूपान्तरणका लागि नागरिक समाजको १९औँ वार्षिकोत्सव तथा पाँचौँ विशेष नागरिक अवार्ड–श्रष्टा सम्मान २०८२ प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यमा राजधानीमा सम्पन्न भएको छ। कार्यक्रम उद्घाटन गर्दै उपसभामुख रानाले नागरिक समाजले १९ वर्षदेखि सामाजिक रूपान्तरणका विभिन्न विधाहरू समेटेर सम्मान तथा अवार्ड कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै राज्यले गर्नुपर्ने कार्यहरू नागरिक समाजले प्रभावकारी रूपमा बिताइरहेको बताइन्।

संस्थाका अध्यक्ष यामबहादुर जि.सी.को सभापतित्व र पनाह अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रा.डा. चिरञ्जिवी शर्मा, सांसद सोमनाथ पाण्डे, समाजसेवी तथा व्यवसायी दिपक मलहोत्रा, वरिष्ठ चिकित्सक डा. सुभास घिमिरे, वीर अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. बद्री रिजाल, जनचेतना समाज परिवर्तन नेपालकी अध्यक्ष मुना निरौला त्रिपाठीलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो। सोही अवसरमा संस्थाका सल्लाहकारहरूको उपस्थितिमा समाज डेन्टल हस्पिटल र नागरिक समाजबीच स्वास्थ्य शिविर सञ्चालनसम्बन्धी कार्य–सम्झौता समेत गरिएको थियो।

कार्यक्रममा वरिष्ठ चिकित्सक डा. सुभास घिमिरे, वरिष्ठ पाइलट क्याप्टेन विजय लामा, व्यवसायी तथा समाजसेवी दिपक मलहोत्रा, सामाजिक अभियन्ता तथा कलाकार कलावती श्रेष्ठ र पर्यटन व्यवसायी डा. धनञ्जय रेग्मीलाई विशिष्ट व्यक्तित्व सम्मान प्रदान गरिएको थियो। त्यस्तै विभिन्न क्षेत्रमार्फत राष्ट्रमा योगदान पुर्‍याएको कदर गर्दै समाजसेवी सोहन चौधरी, शिक्षाविद् अमिर अधिकारी, चलचित्र निर्मात्री तथा सामाजिक अभियन्ता कल्पना के.सी., पुरुषोत्तम पन्त, टिकाराम तिवारी, गायिका सिर्जना के.सी., शिक्षाविद् होमनाथ शर्मा, समाजसेवी राम पन्त, सौन्दर्य विशेषज्ञ रिता राई, शव व्यवस्थापनकर्मी विनयजङ्ग बस्नेत, समाजसेवी विक्रम घिसिङ, प्रशासकीय अधिकृत याम नारायण मौली, चलचित्रकर्मी राज बस्न्यात, सञ्चारकर्मी रामचन्द्र खड्का, कलाकार बासु फुयाँल, समाजसेवी राजु कार्की, सामाजिक अभियन्ता देवकुमारी चौधरी, सञ्चारकर्मी राजन थापा, अधिवक्ता निराज खड्का, सञ्चारकर्मी तेजनारायण चौधरी, मोडेल बिजेन्द्र नौबागे, सौन्दर्यविद् लिना सुबेदी, समाजसेवी तिलबहादुर कार्की, ट्याटु आर्टिस्ट सुमिना श्रेष्ठ, समाजसेवी राधिका खड्का, समाजसेवी मिना थपलिया तथा धिप्री फिल्म्सका अनिल कटवाललाई विशेष सम्मान प्रदान गरिएको थियो।

राष्ट्रियस्तरमा आयोजना गरिएको प्रतिस्पर्धात्मक प्रतियोगिताका निर्णायक सदस्य मनोरदिन सैयद, अभिनेत्री तथा टेलिभिजन सञ्चालक पनाह अधिकारी, निर्देशक रुशिल अमात्य, सञ्चारकर्मी शंकर रोक्का र टेलिचलचित्र निर्देशक दिवाकर भण्डारीलाई प्रमाणपत्र प्रदान गरिएको थियो। पर्यटन सेवा, सौन्दर्य कला, संगीत, म्युजिक भिडियो, टेलिभिजन प्रस्तुति लगायत विधामा उत्कृष्टता देखाएका रोहित कार्की, विद्या श्रेष्ठ, बिमला कोईराला, मोडल सञ्जित भण्डारी, प्रकाश घिसिङ, संगीतकार सूर्य कश्यप, अभिनेता जयन्द्र चिलुवाल, निर्देशक राजेन्द्र बजगाईं, मिक्स–मास्टरीङ्ग विशेषज्ञ प्रकाश के.सी., प्रस्तोता सागरिका श्रेष्ठ, गायक भुवन प्यासी तथा निर्देशक सुनिल बि.क.लाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.