चितवन ।
मोफसलबाटै नयाँ परियोजना अघि बढाउने उद्देश्यसहित चलचित्र ‘तुरुपको दु का’ निर्माण हुने भएको छ। पर्यटकीय क्षेत्र सौराहाका कलाप्रेमीहरूको सक्रियतामा शनिबार रत्ननगर नगरपालिका–८ स्थित चित्रसारी मन्दिरमा शुभमुहूर्तसँगै निर्माण घोषणा गरिएको हो।
समसामयिक कथामा आधारित भनिएको यस चलचित्रमा मोडल देव महतो, स्वस्तिका चौधरी, अजय चौधरी र बिकिस्मा चौधरीलगायत कलाकारले अभिनय गर्ने छन्। बराली प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्रको निर्देशन हिरा चौधरीले गर्ने भएका छन्।
निर्देशक चौधरीका अनुसार ‘तुरुपको दु का’ चितवन आसपासका क्षेत्र र मकवानपुरका रमणीय स्थानमा छायांकन गरिनेछ। परियोजना मोफसलमै बसोबास गर्ने युवा समूहको पहलमा शुरू भएको हो, जसलाई स्थानीयस्तरमै फिल्म निर्माण प्रबर्धनतर्फका महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।