सुचना, समाचार र मनोरन्जन

‘मिरमिरे’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री, पाँच देशमा रिलिज सुनिश्चित

काठमाडौँ :

आगामी माघ १ गते रिलिज हुन लागेको चलचित्र ‘मिरमिरे’ले अन्तर्राष्ट्रिय बजारमा समेत उपस्थिति जनाउँदै मिडल इस्टका पाँच देशमा प्रदर्शन अधिकार बिक्री गरेको छ। निर्देशक यम शेर्पाका अनुसार युएई, कतार, बहराइन, इजरायल र मलेसियाको प्रदर्शन अधिकार आशिष इन्टरटेन्मेन्टले खरिद गरेको छ।

दयाहाङ राई, सिर्जना निङलेखु र प्रकाश सपूत मुख्य भूमिका रहेको ‘मिरमिरे’ले केही समयअघि सार्वजनिक गरिएको दुई पोस्टरमार्फत दर्शकको ध्यान खिचेको थियो। पोस्टरमा दयाहाङ राई, एक बाल कलाकार, तथा अर्को पोस्टरमा प्रकाश सपूत, सिर्जना निङलेखु र शाइसा गौचन फिचर गरिएको थियो।

यार्सा फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय छ।

यो फिल्मले दयाहाङ र प्रकाश सपूतलाई पहिलोपटक एउटै फ्रेममा ल्याएको छ। भने निर्देशक यम शेर्पा र दयाहाङको दोस्रो सहकार्य हो। उनकै पहिलो निर्देशन ‘कार्साङ’मा पनि दयाहाङ मुख्य भूमिकामा थिए।

‘मिरमिरे’मा कथा तथा निर्देशन यम शेर्पाकै छ भने छायांकन आलोक शुक्लाले गरेका छन्। फिल्ममा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता तथा गोविन्द बोहरा र सुदिप कुँवर सह–निर्माता छन्।

यसका कार्यकारी निर्माता रोहित कट्टेल (आरआर फिल्म्सका सञ्चालक एवं वितरक) रहेको फिल्ममा वीरेन्द्र शाही लाइन प्रोड्युसर, सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रकको भूमिकामा छन्। चलचित्रको देशभर वितरण जिम्मेवारी पनि रोहित कट्टेल र रत्न श्रेष्ठ संचालित आरआर फिल्म्सले लिएको छ।

Leave A Reply

Your email address will not be published.