सुचना, समाचार र मनोरन्जन

आना शर्मा नेतृत्वको ‘रमिताको पिरती’ टिजर सार्वजनिक, २३ माघमा रिलिज

काठमाडौं :

अभिनेत्री आना शर्मा शीर्ष भूमिकामा रहेको फिल्म ‘रमिताको पिरती’को टिजर सार्वजनिक गरिएको छ। टिजरमा आना विविध भावनात्मक रूपान्तरणमा देखा परेकी छन्—प्रेम, रोमान्स, खुसी, पीडा र ब्रेकअपसम्मका मनोदशा उनले एकै फ्रेममा ओगटेको देखिन्छ।

फिल्ममा आनासँगै धीरज मगर, समीर श्रेष्ठ र विनय श्रेष्ठ पनि फिचर्ड छन्। गायकसमेत रहेका समीरले यस फिल्ममार्फत आफ्नो अभिनय यात्रा सुरु गरेका छन्।

टिजरले फिल्मले एक युवतीको सम्बन्ध, उसको महसुस र भावनात्मक उतारचढावलाई केन्द्रमा राखेर कथा अघि बढाउने संकेत गर्छ। कथा युवतीको मनोविज्ञान र उसको भित्री अनुभवबाट सुनाइने शैलीमा तयार गरिएको बुझिन्छ।

सेरो फिल्मस्को प्रस्तुतिमा बनेको फिल्मको निर्देशन सुदीप्तले गरेकी हुन्। पटकथासमेत उनैको लेखन रहेको छ। सागर लम्साल निर्माता रहेको ‘रमिताको पिरती’ आगामी भ्यालेन्टाइन्स डेको अवसर पारेर २३ माघमा रिलिज हुनेछ।

Leave A Reply

Your email address will not be published.