सुचना, समाचार र मनोरन्जन

कारोबारसँगै घट्यो सेयर बजार

बुधबार सेयर बजारको परिसूचक नेप्से १३.३५ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६३५ अंकमा कायम भएको छ । अघिल्लो दिन २६४९ अंकमा थियो ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब १२ करोडको कारोबार भएकोमा आज ५ अर्ब १७ करोडमा खुम्चियो । कुल ६२ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो भने १० को स्थिर रह्यो ।

यस दिन फाइनान्समा समूह ०.२१ प्रतिशत बढ्यो । त्यस्तै व्यापार समूह स्थिर रह्यो ।

त्यस्तै बैंकिङ ०.२४, विकास बैंक ०.८४, होटल तथा पर्यटन १.४२, हाइड्रोपावर ०.७९, लगानी ०.५४, जीवन बीमा ०.०७, उत्पादन तथा प्रशोधन १।१६, माइक्रोफाइनान्स ०.४, निर्जीवन बीमा ०.६० तथा अन्य समूह ०.५३ प्रतिशत घटे ।

नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ६.०८ प्रतिशत बढ्यो । त्यस्तै फस्र्ट माइक्रोफाइनान्सको ३.३५, शुभम् पावरको २.६७, सयपत्री हाइड्रोपावरको २.६३, मञ्जुश्री फाइनान्सको २.५६ प्रतिशत मूल्य बढ्यो ।

एसवाई प्यानलको मूल्य सबैभन्दा धेरै ८.४५ प्रतिशत घट्यो । जीवन विकास लघुवित्तको ६.५९, विन नेपाल लघुवित्तको ५.५३, ट्रेड टावरको ४.६४, दरामखोला हाइड्रोपावरको ४.१३ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा एसवाई प्यानल, श्रीनगर एग्रिटेक, मञ्जुश्री फाइनान्स, शिवम् सिमेन्ट र सागर डिस्टिलरी छन् ।

Leave A Reply

Your email address will not be published.