सुचना, समाचार र मनोरन्जन

मिरमिरेको प्रचारप्रसारमा नदेखिएका दयाहाङले निर्माण टिमसँग मागे माफी

काठमाडौं :

आगामी माघ १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिरमिरे’को प्रचारप्रसारमा अभिनेता दयाहाङ राईको उपस्थिती न्युन देखिएको छ। उनको मुख्य भुमिका रहेको यो फिल्ममा उनी आफै नभएपछि फिल्मलाई कस्तो असर पर्ला भनेर निर्माण टिमलाई सोच मग्न छ।
यसबारेमा मंगलबार यसै फिल्मको ट्रेलर रिलिज कार्यक्रममा उपस्थित भएका दयाहालाई पत्रकारहरुले प्रश्न सोधेँ।‘तपाईको न्युन सहभागिताले फिल्मको प्रचारप्रसारलाई कतै असर गरेको होकी?’

यसको जवाफमा अभिनेता राईले केहि हद मात्रामा असर परेको स्वीकार गरे। यस प्रश्नको जवाफ दिदै भने,‘मैले जहिल्यै भन्ने,निर्माता निर्देशकसँग पहिलो पटक कुराकानी हुँदा नै सोध्नु गर्छु। यो फिल्म निर्माण गर्नुको उदेश्य के हो त? यसको हामी व्यवसायिक आँकल एउटा गर्न सक्छौँ। कतिसम्म हामी सेक्योर हुन सक्छौँ। त्यसको प्रभाव कहाँसम्म पर्न सक्छ भन्ने हो।’

उनले थपे,‘त्यसले ठुलो असर गर्छ भन्ने पनि छैन र गर्दैन भन्ने पनि छैन। तर मैले जहिल्यै पनि भन्ने गरेको सिनेमा चाहीँ तत्कालिन बक्स अफिसको मापदण्डले हुने कुरा होइन। एक पटक बनेको सिनेमा सयौँ वर्षसम्म हेर्न सकिन्छ। त्यसको प्रभाव त्यो बेलासम्म रहन्छ। अहिले हामीले गरिरहेको काम चाही सुन्दर सिनेमा नै हो।’

उनले कार्यक्रममा नै आफु फिल्मको प्रचारप्रसारमा हिड्न नभ्याउने कुरा निर्माण पक्षलाई जानकारी गराएको सुनाए। उनले मिडियाकर्मीसँग समेत गफिन नपाएकोमा दुखी भएको भन्दै सबैसँग माफी मागे। पछिल्लो समय उनी फिल्म ‘पेन्सनपट्टा’ र ‘मितज्यु’को सेटमा जाने तयारीमा छन्।

यस फिल्ममा दयाहाङका अलवा सिर्जना निङलेखु,प्रकाश सपुतको त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको हो। आमा नभएकी छोरीको हेरचाह गर्ने बुवा र छोरीको भावनात्मक कथा फिल्मको सार्वजनिक ट्रेलरमा देख्न सकिन्छ। यम शेर्पाको लेखन तथा निर्देशन रहेको यस फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा,विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

यार्सा फिल्मस्को प्रस्तुतिमा निर्माण भएको हो। निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा,सुदिप कुँवर छन्। यस फिल्मको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक तथा फिल्म वितरक रोहित कट्टेल रहेका छन्। वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस फिल्ममा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्।

Leave A Reply

Your email address will not be published.