सुचना, समाचार र मनोरन्जन

विप्लव र मिराज ढुंगानाबिच ४ बुँदे सहमति

काठमाडौँ,

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) र जेनजी अभियन्ता मिराज ढुंगानाको समूहबिच ४ बुँदे सहमति भएको छ । बिहीबार माइतीघरमा ती दुई पक्षबिच सहमति भएको हो ।

नेकपा (माओवादी) का महासचिव विप्लव र अभियन्ता ढुंगानाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, राज्यको अग्रगामी पुनर्संरचना गर्ने, सर्वपक्षीय सहमतिका लागि पहल गर्ने, भ्रष्टाचार विरुद्ध विशेष न्यायिक निकाय गठन गर्ने, जेनजी विद्रोहका माग पुरा गर्न संघर्ष गर्ने लगायतका माग समेटिएको छ ।

ढुंगाना नेतृत्वको समूह पछिल्ला दिनदेखि माइतीघर मण्डलामा धर्नामा बसेको छ ।

Leave A Reply

Your email address will not be published.