सुचना, समाचार र मनोरन्जन

राज गिरीको ‘दशी धारा आमा’ सार्वजनिक

काठमाडौं :

एकपछि अर्को सृजनामार्फत चर्चामा रहँदै आएका सर्जकद्वय रामकुमार नेपाली र अमृत भारतीको नयाँ गीत ‘दशी धारा आमा’ सार्वजनिक गरिएको छ।

लोकप्रिय गायक रामकुमार नेपालीको स्वर तथा संगीत र अमृत भारतीको शब्द रहेको गीतको भिडियोमा सरिता राजोपाध्याय, राज गिरी, दिपेन्द्र सोनाम, मनोज लामिछाने र सचिन खड्कालगायत कलाकारको अभिनय रहेको छ।

गीतको भिडियोको छायांकन सन्तोष तिमल्सिनाले गरेका हुन् भने निर्देशन सञ्जिव ठकुरीले गरेका छन्। भावनात्मक विषयवस्तु समेटिएको गीत र भिडियोले आमाप्रतिको सम्मान र संवेदनालाई प्रस्तुत गरेको निर्माण टिमले जनाएको छ।

Leave A Reply

Your email address will not be published.