काठमाडौं,
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राजीनामा दिएसँगै उपमेयर सुनिता डङ्गोल कार्यवाहक मेयर बन्नुभएको छ ।
संविधानको धारा, ११६ को उपधारा, ८ मा मेयरले उपमेयरसमक्ष राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । मेयरले उपमेयर र उपमेयरले मेयर समक्ष लिखित राजीनामा दिएमा, पदावधि समाप्त भएमा पद रिक्त हुने व्यवस्था यो धारामा छ ।
शाहले पदबाट राजीनामा दिएपछि सुनिता डङ्गोलले कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्दै हिजो नगर कार्यपालिका बैठक आह्वान गरी मेयर शाहले पदबाट राजीनामा दिएको जानकारी गराइन।
बैठकमा कार्यवाहक मेयर डङ्गोलले मेयर शाहले आफ्नो कार्यकालमा महानगरको विकास, सुशासन लगायतका क्षेत्रमा गरेको कामको धन्यवाद व्यक्त गरिन ।