सुचना, समाचार र मनोरन्जन

गायक तथा संगीतकार प्राज्ञ शान्तिराम राईको एकल सांगीतिक कार्यक्रम

काठमाडौं :

प्रतिष्ठित संगीतकार, गायक प्राज्ञ शान्तिराम राईको एकल सांगीतिक कार्यक्रम राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिसक्लवको सगरमाथा हलमा हालै भव्यरुपमा सम्पन्न भएको छ ।

कार्यक्रममा आयोजकको तर्फबाट गायक रुपकुमार राईले उपस्थित सबैलाई र सहयोगीहरुलाई स्वागत र धन्यवाद मन्तव्य राखेका थिए भने संगीतकार महेश खड्काले रुद्राक्षको माला जडित श्रीपेजको ताज र पुष्पगुच्छा सहित प्रतिष्ठित संगीतकार शान्तिराम राईलाई संगीत सिर्जनाका संगीतमहाराजाको उपाधी दिएर सम्मान अर्पण गरेका थिए।

आफ्नो पहिलो संगीत ‘तिमी तारे भिर म त लहरा’ सुनाएर कार्यक्रमको सुरुवात गरेका शान्तिराम राईले विभिन्न आठ वटा गीत गाएका थिए जसमा उनलाई अहिलेकी चर्चित गायिका स्मिता प्रधानले साथ दिएका थिए। कार्यक्रम अवधिभर विभिन्न कालखण्डका प्रतिनिधि २१ वटा कालजयी अमर संगीतहरु सुनाइएको थियो।

प्रशिद्ध गायक गायिकाहरु शम्भु राई, उदय सोताङ, मनिला सोताङ, सत्यकला राई, रोशन राई, कन्काइष्ट राई, रुपकुमार राई, बेनुका राई, अशोक मुकारुङ, हुँदै पछिल्लो पुस्ताकी लोकप्रिय गायिका जुनु प्रसाइँ र मनमा बी राईले शान्तिराम राईका सदाबहार संगीतहरु गाएर कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन मद्धत गरे।

बिनुशा राई, एलिना राई र एलिना उदाशले सबै गीतहरुमा कोरस गाएका थिए। नेपाल एयर लाइन्सको मुख्य प्रायोजन र प्याब्सन काठमाडौंको सहकार्यमा दर्जनौं देश तथा बिदेशी संघ संस्था, व्यक्ति र स्थानिय सरकारहरु दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेशी तुवाचुङ नगरपालिका सहित डेढ दर्जन गाउँपालिकाहरुको साथ रहेको कार्यक्रमलाई खोटाङ कलाकार समाज काठमाडौंले आयोजना गरेको हो।

Leave A Reply

Your email address will not be published.