सुचना, समाचार र मनोरन्जन

नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ: प्रचण्ड

काठमाडौँ,

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ को निर्वाचनपछि आफूहरूको पार्टी पहिलो बन्न सक्ने सम्भावना रहेको बताएका छन् ।

शुक्रबार रुकुम पूर्व–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

स्वच्छ,निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न भए नेकपा पहिलो पार्टी बन्ने सम्भावना रहेको बताएका हुन् ।

ीबहmष् कगलचष्कभ दबलप
संयोजक प्रचण्डले देश आफूहरूले भनेतिरै गइरहेको र निर्वाचनको माहोलमा देश गइसकेको भएपनि एकथरी मानिस अनेक बहानामा निर्वाचन हुँदैन भन्ने गरेको र अर्को थरीले निर्वाचनलाई क्याप्चर नै गर्न खोजिरहेको पनि बताए ।

‘मैले के देखेको छु भने नेपाली कम्युनिष्ट पार्टी समानुपातिकमा त म भन्न सक्दिनँ, किनभने नयाँ भन्नेको हावा चलेकै छ’, प्रचण्डले भने, ‘तर प्रत्यक्षमा हामी अगाडी हुन्छौँ । प्रत्यक्ष र समानुपातिक जोड्दा हामी सबैले मेहेनत गर्‍यौँ भने एक नम्बर पार्टी नेकपा बन्ने सम्भावना छ ।’

उनले नेकपा एक नम्बर पार्टी हुन सके आउने ५ वर्षमा देशलाई समृद्धिको सपनातिर डोर्‍याउन सकिने बताए ।

Leave A Reply

Your email address will not be published.