सुचना, समाचार र मनोरन्जन

‘तपस्या राईको ‘मायामा टेन्सन भो’

काठमाडौं :

जेपिजे इन्टरटेनमेन्टले पछिल्लो समय आफ्ना गतिविधि तीव्र बनाउँदै नयाँ नयाँ सिर्जनालाई अघि सार्ने क्रम जारी राखेको छ। यही क्रमलाई निरन्तरता दिँदै संस्थाको संयोजनमा ‘मायामा टेन्सन भो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ।

रोमान्टिक शैलीमा तयार गरिएको उक्त गीतमा दीपेन्द्र खड्काको शब्द, विकाश चौधरीको संगीत तथा गायिका तपस्या राईको स्वर रहेको छ। प्रेम सम्बन्धमा देखिने ससाना मनमुटाव,असमझदारी र त्यसबाट उत्पन्न हुने ‘टेन्शन’लाई गीतमार्फत सरल र सुमधुर ढंगले प्रस्तुत गरिएको निर्माण परिकल्पनाकार किशोर सुब्बाले जनाएको छ ।

आधुनिक संगीत संयोजनले युवापुस्तालाई लक्षित गर्दै तयार पारिएको गीतमा मेलोडी र भावनात्मक अभिव्यक्तिको सन्तुलन देखिन्छ।
गीतको भिडियोमा गायिका तपस्या राई स्वयंले अभिनय गरेकी छन्। उनले आफ्नो स्वरमा सजिएको गीतमा आफैंको अभिनय प्रस्तुत गर्न पाउँदा आफू उत्साहित रहेको बताईन्।

भिडियोमार्फत प्रेमका उतारचढाव र भावनात्मक द्वन्द्वलाई दृश्यात्मक रूपमा जीवन्त बनाउने प्रयास गरिएको निर्देशक पक्षको भनाई छ। भिडियो निर्देशन विमल ढकालले गर्नुभएको हो भने वरिष्ठ चलचित्र निर्देशक तथा निर्माता किशोर सुब्बाले भिडियो निर्माण गरेका हुन्।

जेपिजे इन्टरटेनमेन्टले नेपाली कला, संस्कृति र संगीतलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ निरन्तर काम गर्दै आएको छ। ‘मायामा टेन्शन भो’ म्युजिक भिडियो पनि सोही अभियानअन्तर्गत निर्माण गरिएको र अमेरिकाबाट हरेक मंगलबार विधि पक्षलाई समेटिएको मनोरञ्जनात्मक कार्यक्रम ‘हेल्लो अमेरिका’लाई पनि निरन्तरता दिइरहेकोे निर्देशक किशोर सुब्बाले बताए।

Leave A Reply

Your email address will not be published.