सुचना, समाचार र मनोरन्जन

प्रजातन्त्र दिवसमा रिलिज भयो ‘म झुक्न दिन्न मेरो देशको झण्डा’

काठमाडौं :

एक्टिभ ईन्टरटेनमेन्टको प्रस्तुति रहेको देशभक्तिको भावनाले ओतप्रोत नयाँ स्वदेशगान ‘म झुक्न दिन्न मेरो देशको झण्डा’ सार्वजनिक भएको छ। निर्माण टिमले गीतको भिडियोलाई युटुब च्यानलमार्फत रिलिज गरेको हो।

२००७ सालको ऐतिहासिक परिवर्तनको सम्झनामा मनाइने प्रजातन्त्र दिवसकै दिन सार्वजनिक गरिएको यस गीतले राष्ट्रप्रेम, स्वाभिमान र राष्ट्रिय एकताको सन्देश बोकेको छ। गीतकार डिबी पराजुलीको शब्द, रुपक डोटेल र मेनुका राईको स्वर रहेको गीतमा संगीत संयोजन बिजेन्द्र नौबागेको रहेको छ ।
म्युजिक भिडियोमा बिजेन्द्र नौबागे, सैलेश ठकुरी, सुसिला तामाङ र पबित्रा अर्याल ‘पबि’, लिला खनाल, एकराज सुबेदी, दिपिका खनाल, रोज बहादुर तामाङ, सुनिता थापा, केबि खाती, लक्ष्मण श्रेष्ठ, कल्पना श्रेष्ठ, जित बहादुर हमाल, उत्तम घिमिरे र सुन्दर खनालले अभिनय गरेका छन्।

साथै यस गीतको भिडियोमा बाल कलाकारमा मन्दिप सिलवाल, स्मिथ विक्रम पराजुली, फियोना ठकुरी, ईज्ना ठकुरी र आयन थापा रहेका छन् । भिडियोमा केशव अधिकारीको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन, दिपेश एसकेको निर्देशन रहेको छ।
एक्टिभ ईन्टरटेनमेन्ट युट्युबमार्फत सार्वजनिक गरिएको ‘म झुक्न दिन्न मेरो देशको झण्डा’ ले केवल सांगीतिक प्रस्तुतिमात्र होइन, राष्ट्रिय स्वाभिमानको उद्घोष गरेको सन्देश दिएको छ।

प्रजातन्त्र दिवसको सन्दर्भमा सार्वजनिक गरिएको यो स्वदेशगानले नयाँ पुस्तामा देशप्रतिको माया, समर्पण र एकताको भावना अझ प्रगाढ बनाउने विश्वास गरिएको छ । कार्यक्रममा म्युजिक भिडियोमा आबध्द कलाकार, प्राबिधिकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.