काठमाडौँ,
आगामी फागुन १९ देखि २२ गतेसम्म प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाल सरकारले घोषणा गरेको सार्वजनिक बिदाको अवधिमा पेट्रोलियम पदार्थको सहज आपूर्ति तथा वितरणका लागि नेपाल आयल निगमले आफ्ना केही प्रादेशिक कार्यालय, डिपो तथा शाखा कार्यालयहरू खुला राख्ने निर्णय गरेको छ ।
आइतबार निगमले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो ।
सार्वजनिक बिदाका दिनमा पनि सेवाग्राहीलाई पेट्रोलियम पदार्थको अभाव नहोस् भन्ने उद्देश्यले निगमले विभिन्न क्षेत्रका कार्यालयहरूलाई निश्चित मितिहरूमा सञ्चालन गर्ने व्यवस्था मिलाएको जनाएको छ।