काठमाडौं :
रंगमञ्चबाट फिल्मको पर्दामा अभिनय गर्न थालेका अभिनेता विपिन कार्की आफ्नो क्यारेक्टरलाई मज्जाले लिन्छन्। अझ भनौँ, उनी आफुले पाएको भुमिका जुनसुकै पनि गर्न सक्छन्। जुन उनले अभिनय गरेका एक दशक यताका फिल्म हेरे पुग्छ।
फिल्म ‘पशुपति’मा भष्मेडन होस या सेल्फी किङको लुक्स उनी क्यारेक्टरबाट भागेका छैनन्। अर्को कुरा सोझो क्यारेक्टर होस या लुट २को बदमासी। उनलाई दर्शकले फरक फरक लुक्समा हेरेका छन्। तर कतिपय फिल्ममा त विपिनलाई दर्शकले चिन्न मुस्किलै पर्छ।
उनै अभिनेता कार्कीले शनिबार दिउँसो फेसबुकमा एउटा अनौठो फोटो पोस्ट गरे। सडकमा माग्दै हिडेको एक क्यारेक्टरवाला फोटो पोस्ट गरे। जहाँ विपिन नै हो भनेर दर्शकले सहजै छुट्याउन कठिन छ। उनले सोही पहिरनको पोस्ट फेसबुकमा पोष्ट गर्दै पहिरनले मात्र चरित्र निर्धारन नगर्ने उल्लेख गरेका छन्।
उनी लेख्छन, ‘पहिरनले मात्र चरित्रको निर्धारण गर्दैन’। उनको यो क्याप्सन र फोटोले कहिल्यै नपाएको चर्चा पाएको छ। चुनावी माहोलको बेला नेतालाई इंकित गरिएको भन्दै धेरैले नेपालीको दुर्दशा भनेका छन्। तर उनले त्यति लेखेको बाहेक यो के सन्दर्वमा लेखेका हुन् खुलाएका छैनन्। तर उनको यो फोटोले चुनावी माहोलका बेला अर्थपूर्ण देखिन्छ।