सुचना, समाचार र मनोरन्जन

सुदूरपश्चिमेली लवजमा प्रियंका, १४ मिनेटको ‘टाँक’ले छोयो मन

काठमाडौं :

अभिनेत्री प्रियंका कार्की ले अभिनयलाई नयाँ आयाम दिँदै निर्माणमा समेत सक्रियता बढाएकी छन्। दुई वर्षअघि निर्माण गरिएको सर्ट फिल्म ‘टाँक’ उनले अहिले युट्युबमार्फत सार्वजनिक गरेकी हुन्।

गत शुक्रबार रिलिज गरिएको १४ मिनेट ४४ सेकेण्ड लामो यस सर्ट फिल्ममा ग्रामीण परिवेशको मार्मिक कथा प्रस्तुत गरिएको छ। साम्तेन भुटिया को लेखन तथा निर्देशनमा बनेको फिल्ममा प्रियंकाले निर्माणसँगै मुख्य भूमिका निर्वाह गरेकी छन्।

सुदूरपश्चिमेली लवजमा प्रस्तुत भएकी प्रियंका आमाको भूमिकामा देखिएकी छन्। तुइनको सहारामा नदी वारपार गर्नुपर्ने बाध्यता र त्यससँग जोडिएको भावनात्मक संघर्षलाई फिल्मले संवेदनशील ढंगले चित्रण गरेको छ। फरक शैलीमा प्रस्तुत भएकी प्रियंकाको अभिनयलाई दर्शकले रुचाएका छन्।

फिल्ममा प्रियंकासँगै रोयल केसी, एलेक्स केसी, अरुण रेग्मी, घनश्याम जोशी र रेनु योगीको अभिनय देख्न सकिन्छ। प्रियंकाका श्रीमान् आयुष्मान देशराज जोशी कार्यकारी निर्माता रहेका छन् भने छायांकन पनि आयुष्मानले नै गरेका हुन्।

अभिनयसँगै निर्माणमा समेत सक्रिय बन्दै गएकी प्रियंकाको यो प्रयासलाई नेपाली सर्ट फिल्म क्षेत्रमा अर्थपूर्ण कदमका रूपमा हेरिएको छ।

Leave A Reply

Your email address will not be published.