काठमाडौं : भारतका चर्चित भ्वाइस आर्टिष्ट अमित डिओंडी काठमाडौं आइपुगेका छन्। शनिबार बिहाउन उनी त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन्।
चलचित्र विकास बोर्डले आयोजना गर्न लागेको तीनदिन चल्ने भ्वाइस एक्टिङ तथा डबिङ ट्रेनिङका लागी उनी नेपाल आएका हुन्। उक्त तालिम को आयोजनामा भोलीदेखी सुरु हुँदैछ।
पहिलोपटक नेपाल आइपुगेका अमितले विमानस्थलमा सञ्चारकर्मीसँग अहिलेको समयमा कन्टेन सजिलै हेर्न सकिने बताए। उनले भने,‘ अहिलेको दुनियाँमा विश्वभरीका कन्टेन्ट सजिलै हेर्न सकिन्छ। त्यसका लागी भाषाको माध्यमले ठुलो भूमिका खेल्छ। नेपाली भाषामा भ्वाइस डबिङको काम गर्नसक्ने धेरै अवसरहरु छन्। यो तीनदिन मेरो अनुभव र मैले जानेका केहि कुरा सिकाउँने प्रयास गर्नेछु।’
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले दक्षता अभिबृद्धि कार्यक्रमलाई अगाडी सारेको बताए। उनले विभिन्न १४ वटा विषयमा तालिम राखिएकोमा भ्वाइस एक्टिङलाई पनि प्राथमिकतामा राखिएको बताए।
सञ्चारकर्मीसँग कुराकानी गर्दै डिसीले भने,‘हामीले बोर्डबाट दक्षता अभिबृद्धि भनेर बजेट छुट्टाएरै काम गरिरहेका छौं। यसअघि पनि धेरै तालिम भइसकेका छन् भने भ्वाइस एक्टिङको विषयमा पनि नेपालमा आवश्यक भएकाले भारतका प्रसिद्ध व्यक्ति अमित डिओंडीलाई निमन्त्रणा गरेका हौं।’
उनका अनुसार अमितले भ्वाइस एक्टिङका टेक्निकहरु सिकाउने छन्। ‘हामीले केहिसमय अघिमात्रै पनि साउण्ड, उनले थपे,‘डबिङ तालिमका लागी भारतबाटै अनुभवी प्रतिनिधि बोलाएर तालिम दिएका थियौं।’
डिसीका अनुसार बोर्डले ड्रोन ट्रेनिङ, फिल्म लाइट ग्याफर तालिम, मेकअप तालिम, एआई वर्कसप, फोटो तथा भिडियो पत्रकार प्रशिक्षण तालिम तथा पौडी तालिमपनि चैत महिना भित्रै दिइदैछ। भोली बिहान १०ः३० बाट तीनदिनका लागी दैनिक दुईघण्टा चल्ने भ्वाइस एक्टिङ तथा डबिङ ट्रेनिङको व्यवस्थापनको काम सम्राट फिल्मस्ले गरेको छ। पछिल्लो समय नेपालमा थुप्रै फिल्मको डबिङ तथा साउण्ड मिक्सिङको काम गरिरहेका सम्राट फिल्मस्का सञ्चालक भरत कँडेल आफैँलै गर्दै आएका छन्।
उनले एक दशकअघि मुम्बईमा साउण्डमै काम गरेर नेपाल फर्किएका हुन्। विश्वकै चर्चित युट्युवर मिस्टर बिस्टको नेपाली भाषामा डबिङको काम पनि सम्राट फिल्मस्ले नै गर्दै आएको छ। भ्वाइस आर्टिष्ट अमित डिओंडीले अमेजन, नेटफिलिक्स तथा चर्चित प्लेटफर्मका लागी ३ हजार बढी सिरिज तथा फिल्महरुमा भ्वाइस डबिङ तथा लेखनको काम गरिसकेका छन्। साथै चर्चित कार्टुन सिरिज मोटु पत्लुको ‘मिक्की अनलाइन क्यारेक्टर अमितले नै आवाज दिँदै आएका छन् ।