सुचना, समाचार र मनोरन्जन

राष्ट्रिय सुरक्षा तालिम सुरु

काठमाडौँ,

रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा राष्ट्रिय सुरक्षा तालिम सुरु भएको छ ।

Pach Pandav

प्रधानसेनापति अशोकराज सिग्देलले सङ्घीय सरकारका विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सञ्चारगृह, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सहभागी रहेको तालिमको उद्घाटन गरे ।

त्यसअवसरमा रक्षा सचिव केदारनाथ शर्माले यही चैत १८ गतेसम्म जारी रहने तालिमको औचित्यबारे प्रकाश पार्नुभएको थियो ।

विसं २०७२ मा सुरु भएको तालिममा हालसम्म २५२ जना सहभागी भएका छन् ।

Leave A Reply

Your email address will not be published.