सुचना, समाचार र मनोरन्जन

नेपालमा रणवीर सिंहको दमदार कमब्याक: ‘धुरन्धर २’ बिहीबारदेखि प्रदर्शनमा

काठमाडौं :

बलिउड अभिनेता रणवीर सिंह को बहुप्रतीक्षित फिल्म ‘धुरन्धर २’ अन्ततः नेपालमा रिलिज हुने भएको छ। लामो समयसम्म अन्योलमा परेको यो फिल्म अब बिहीबारदेखि प्रदर्शनमा आउने निश्चित भएपछि रणवीर पुनः नेपाली बक्सअफिसमा केन्द्रमा आएका छन्।

भारतीय नेपाली वितरकबीच मंगलबार भएको सम्झौतापछि फिल्मको नेपाल प्रदर्शन अधिकार नियोम फिल्म्स ले लिएको हो। स्रोतका अनुसार करिब २.५ देखि करोड भारुमा सम्झौता टुंगिएको छ, जसले रणवीर स्टारडममा नेपालमा पनि ठूलो लगानी भएको संकेत गर्छ।

रणवीर अभिनित ‘धुरन्धर’ को पहिलो भागले नेपालमा झण्डै १० करोड कमाएको थियो। त्यसैले ‘धुरन्धर २’ मा पनि उनको स्टारपावरकै कारण उच्च व्यापार अपेक्षा गरिएको छ। नेपालमा मात्रै लगानी सुरक्षित गर्न फिल्मले १७ करोडभन्दा बढी कमाउनुपर्ने देखिन्छ।

आदित्य धर निर्देशित यस फिल्मले विश्वब्यापी ओपनिङमा २२५–२५० करोड भारुसम्म कमाउने प्रक्षेपण गरिएको छ, जसले रणवीर सिंहको करिअरमा अर्को ठूलो हिट थपिने संकेत दिएको छ।

रिलिज टुंगिएसँगै मंगलबार वा बुधबारबाट एड्भान्स टिकट खुल्ने तयारी छ। तर घोडेजात्रा का कारण प्राविधिक प्रक्रिया केही प्रभावित हुनसक्ने देखिएको छ। 

Leave A Reply

Your email address will not be published.