सुचना, समाचार र मनोरन्जन

सुन्दर खनालको ‘कमेडी बाज’ : नेपालमा पहिलोपटक रोस्ट शैलीको रियालिटी शो

काठमाडौं :

नेपाली कमेडी क्षेत्रमा नयाँ प्रयोग हुने भएको छ। कमेडियन सुन्दर खनाल ले रोस्ट शैलीमा आधारित रियालिटी शो ‘कमेडी बाज’ ल्याउने तयारी गरेका छन्।

उनकै निर्देशनमा तयार भइरहेको यो कार्यक्रम आगामी वैशाखको पहिलो साताबाट प्रसारण गर्ने लक्ष्य राखिएको छ। खनालका अनुसार नेपालमा रोस्ट ब्याटल ढाँचाको यस्तो शो पहिलोपटक दर्शकमाझ ल्याउन लागिएको हो।

कार्यक्रममा सीता न्यौपाने, सुशान्त बस्यालआशिष न्यौपाने प्रस्तोताका रूपमा देखिनेछन्। होस्टको भूमिकामा भने आरती थापा रहनेछिन्।

निर्देशक खनाल स्वयं पनि शोमा सक्रिय रूपमा देखिनेछन्। उनले निर्देशनसँगै होस्टको जिम्मेवारी पनि सम्हाल्ने जनाएका छन्। साथै, कार्यक्रममा समय–समयमा चर्चित अनुहारहरू गेस्ट पर्फर्मरका रूपमा सहभागी हुनेछन्, जसले रोस्टलाई अझ रोचक बनाउने अपेक्षा गरिएको छ।

यो कार्यक्रम युट्युबसँगै राष्ट्रिय टेलिभिजनमार्फत प्रसारण गर्ने तयारी गरिएको छ। यसअघि नै खनाल चैत २० गतेदेखि प्रसारणमा आउने ‘कमेडी दरबार ३’ मार्फत पनि दर्शकमाझ फर्किँदै छन्। रेडियोकर्मी हुँदै उनी कमेडितर्फ धकेलिएका हुन्। उनले नेपालका अधिकांश कलाकार तथा राजनीतिक नेताका क्यरिकेचर गरिसकेका छन्। दर्शकमाझ लोकप्रिय रहेको कमेडिन खनालको यो कार्यक्रम पनि चर्चामा रहने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.