सुचना, समाचार र मनोरन्जन

गौरी मल्लदेखि नयाँ पुस्तासम्म, ‘कमेडी दरबार ३’ मा कलाकारको भिड

काठमाडौं :

लोकप्रिय हास्य टेलिभिजन शो कमेडी दरबार को तेस्रो सिजनबाट कलाकारहरूको उपस्थितिलाई थप सशक्त बनाइने संकेत देखिएको छ। सार्वजनिक गरिएको टिजरमा अघिल्ला सिजनभन्दा कलाकार–केन्द्रित प्रस्तुति शैली अपनाइएको झल्किएको हो।

टिजरमा गौरी मल्ल, सजिना खनाल, विश्वास तिमिल्सिना, पवन खतिवडा, विजय अधिकारी, सुन्दर खनाल, सुजिता श्रेष्ठ, पवित्रा साँकी, विकास अर्याल, सरोज भण्डारी र खबपु मगर लगायत कलाकारहरूको बाक्लो उपस्थिति देखिन्छ।

Chaka Panja

शोका निर्देशक तथा होस्ट विक्की अग्रवाल का अनुसार यसपटक कलाकारहरूको प्रस्तुति, क्यारेक्टर निर्माण र स्टेज परफर्मेन्समा विशेष जोड दिइएको छ। नयाँ सिजनका लागि सेटसमेत भव्य बनाइएको छ, जसले कलाकारको प्रस्तुति अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

करिब चार महिनाको अन्तरालपछि फर्किन लागेको शोमा कमेडियनसँगै नन–कमेडियन कलाकारहरूको पनि समान सहभागिता रहनेछ। अघिल्ला सिजनमा जस्तै विविध शैलीका कलाकारलाई एउटै मञ्चमा उतारेर मनोरञ्जन दिने रणनीतिलाई यसपटक थप परिमार्जन गरिएको जनाइएको छ।

तेस्रो सिजनमा निर्देशन विक्की अग्रवाल र श्रद्धा प्रसाईं ले सम्हाल्नेछन् भने लेखनमा विकास अर्याल, सरोज भण्डारी र विक्की अग्रवालकै टोली रहनेछ। ‘कमेडी दरबार ३’ आगामी बैशाख ४ गतेदेखि प्रत्येक शुक्रबार राति ९ बजे प्रसारणमा आउनेछ।

Leave A Reply

Your email address will not be published.