सुचना, समाचार र मनोरन्जन

फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा

 

फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति ‘डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थल’ राखिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा एरिक ट्रम्पले घोषणा गरेका छन्।

 

Pach Pandav

फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थललाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा पुनः नामाकरण गर्ने सहमतीमा हस्ताक्षर गरिएको भएता पनि जुलाई १ देखि औपचारिक रुपमा लागु हुने जनाइएको।

 

सामाजिक सञ्जाल एक्स मार्फत यो जानकारी सार्वजनिक गर्दै एरिक ट्रम्पले फ्लोरिडा एयरपोर्टको पुनः नामाकरण गर्न सकरात्मक भूमिका खेलेकोमा फ्लोरिडाका गभर्नर रोन डिसान्टिस, फ्लोरिडाका महान्यायाधिवक्ता लगायत फ्लोरिडा हाउसका प्रतिनिधिहरुलाई धन्यवाद दिएका छन्।

 

यद्यपि, उड्डयन प्रशासनले विज्ञप्ति जारी गर्दै नाम परिवर्तनलाई अनुमोदन नगरेको जनाएको छ। ट्रम्पको पारिवारले गत फेब्रुअरीमा विमानस्थलको पुनः नाममकरणका लागि आवेदन दायर गरेको सीबीएस न्यूजले जनजाएको छ।

Leave A Reply

Your email address will not be published.