पोखरा :
पोखरा इलेक्ट्रिक क्लबद्वारा आयोजित क्यालेण्डर विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम बिहीबार पोखरामा सम्पन्न भएको छ।
कार्यक्रममा क्लबले प्रकाशन गरेको २०८३ सालको टेबल क्यालेण्डर विमोचन गरिएको थियो। सो अवसरमा बोल्दै पोखरा–८ का अध्यक्ष रुद्रनाथ बरालले क्लबले रचनात्मक कार्य गर्दै आएको उल्लेख गरे। उनले युवाहरूलाई रोजगारीका अवसर सिर्जना गर्ने क्षेत्रमा क्लबको उल्लेखनीय योगदान रहेको बताए।
त्यस्तै, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा इलेक्ट्रिक क्लब संघकै एक अंग भएको बताउँदै आवश्यक सहयोग गर्न आफूहरू सधैं तयार रहेको बताए।
क्लबका अध्यक्ष अमृत पोखरेलले संस्था निरन्तर रहने र त्यसमा व्यक्तिहरू परिवर्तन भइरहने उल्लेख गर्दै पदमा पुगेपछि आफ्नो मर्यादा र जिम्मेवारी बिर्सन नहुने धारणा व्यक्त गरे।
अमृत पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम, क्लबका कानुनी सल्लाहकार शुकदेव गौतम, महासचिव प्रकाश कटुवाल तथा सदस्य विष्णु बास्तोला लगायतले मन्तव्य व्यक्त गरेका थिए।