विद्युतीय गाडीको आयात घटेको छ । चालू आर्थिक वर्ष २०८२/र८३ को पहिलो ९ महिनामा विद्युतीय कार आयातमा झन्डै १० प्रतिशतले गिरावट आएको हो । गएको वर्षको ९ महिनामा ७ हजार ९ सय ६७ युनिट विद्युतीय कार आयात भएकोमा चालू वर्ष घटेर ७ हजार १ सय ७३ युनिटमा सीमित भएको छ ।
चालू आर्थिक वर्षमा कुल १६ अर्ब ६६ करोड रुपैयाँ बरारबरको विद्युतीय कार भित्रिएका छन् । जसबाट सरकारले १० अर्ब ११ करोड रुपैयाँ राजश्व पाएको छ । चालू आर्थिक वर्षमा ५० किलोवाट सम्मका २ हजार ५ सय ६ युनिट, ५१ देखि १ सय किलोवाटसम्मका ४ हजार ८३, १ सय १ किलोवाटदेखि २ सय किलोवाटसम्मका ५ सय ७४ र २ सय १ किलोवाट माथिका ८ युनिट ईभी भित्रिएक छन् ।
चालू वर्षमा ईभी कार आयात घट्दा पेट्रोल कारमा वृद्धि देखिएको छ । ९ महिनाको अवधिमा ४ हजार १ सय ४० युनिट पेट्रोल कार आयात भएको छ । यो गएको वर्ष त्यही अवधिको तुलनामा ५०।९९ प्रतिशत धेरै हो ।
गएको वर्ष चैतसम्म कुल २ हजार ७ सय ४२ युनिट पेट्रोल कार आयात भएको थियो । बजारमा आइस कारको माग बढेसँगै आयात पनि बढेको हो । पछिल्लो समय इन्धन सङ्कट चुलिँदै गर्दा विद्युतीय गाडी भन्दा इन्धनबाट चल्ने गाडीको सङ्ख्या बढ्नुले अर्थतन्त्रमा चुनौती थपिदिएको छ ।