Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पोउवा संघमा हङकङ चेम्बरका महासचिवलाई स्वागत तथा सम्मान
- लेकसाइडमा पर्यटकलाई हैरानी दिने पक्राउ
- अमेरिका–अष्ट्रेलिया–न्युजिल्याण्डमा छायांकन गरिएको ‘सधैं साथमा तिम्रो’ सार्वजनिक
- मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित
- ३७ दिनमा सकियो ‘जिरो डिग्री’—डार्क कमेडी अब वडा दसैँअघि हलमा
- आखिर खुल्यो ‘बाः एक योद्धा’को सस्पेन्स—दिव्यदेव मुख्य भूमिकामा, झरना–सुहाना पहिलोपटक आमा–छोरीको जोडीमा
- मन्त्रिपरिषद् बैठकको निर्णय: धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन
- विराजको ‘राम नाम सत्य’ले चार करोडमाथीको व्यापार गरेको निर्माताको दाबी
- म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले
- अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने
मन्त्रिपरिषद् बैठकको निर्णय: धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन
काठमाडौँ,
सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्ष नियुक्ति गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
समितिमा अर्थ मन्त्रालयका सचिव डा धनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहनुभएको छ ।
मन्त्रिपरिषद्को बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य तथ सदस्यमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई नियुक्ति गर्ने निर्णय गरेको सञ्चारमन्त्री डा तिमिल्सिनाले बताउनुभयो ।
बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ ।
त्यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ।
मन्त्रिपरिषद्को बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ ।