सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्रीलाई द्वन्द्व पीडितको खुलापत्र

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई द्वन्द्व पीडित समुदायले खुला पत्रमार्फत सङ्क्रमणकालीन न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन माग गरेका छन् ।

प्रधानमन्त्री शाहलाई द्वन्द्व पीडित समुदायको तर्फबाट ४० वटा संस्थाले पठाएको खुलापत्रमा सङ्क्रमणकालीन न्याय प्रक्रियामा विश्वसनीयता पुनर्स्थापित गरी तार्किक निष्कर्षमा पुर्‍याउन माग गरिएको छ ।

पत्रमा सरकारबाट पीडितको सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चित गरी ऐतिहासिक जिम्मेवारीलाई गम्भीरतापूर्वक सम्बोधन गर्ने विश्वास गरिएको उल्लेख छ ।

द्वन्द्व पीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले दुई दशकदेखि अल्झाइएको सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चित गर्नका लागि ठोस पहल गरी विश्वसनीय कदम चल्न र सरकारको प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.