सुचना, समाचार र मनोरन्जन

‘ट्रेडिसनल डिजाइनर रनवे–२०२६’ मा अस्मिता खत्री र महेन्द्र मल्ल ‘मोडल अफ द इयर’

काठमाडौं :

पहिलो संस्करणको ‘ट्रेडिसनल डिजाइनर रनवे–२०२६’ मा मोडल अफ द इयरको उपाधि अस्मिता खत्री र महेन्द्र मल्लले जितेका छन्। ललितपुरको बालकुमारीस्थित म्युजिक सिटीमा सम्पन्न ग्राण्ड फिनालेमा खत्रीले युवतीतर्फ तथा मल्लले युवकतर्फ उपाधि जितेका हुन्।

प्रतियोगितामा सुधा कार्कीले अर्गनाइजर च्वाइस अवार्ड तथा अभि श्रेष्ठले पब्लिक भ्युअर्स च्वाइस अवार्ड प्राप्त गरेका छन्। विभिन्न चरणको अडिसनबाट छनोट भएका एक दर्जनभन्दा बढी प्रतिस्पर्धीले ग्राण्ड फिनालेमा डिजाइनरहरूले तयार पारेका पहिरन प्रदर्शन गरेका थिए।

ड्रिमस्केप प्रोडक्सनद्वारा आयोजित प्रतियोगिताको निर्णायक मण्डलमा मिस नेपाल उषा खड्गी, सञ्चारकर्मी अरुणा भट्टराई, वरिष्ठ दन्त चिकित्सक तथा मिसेस भोग नेपाल डा. सुमि मल्ल, एनके शरद र मेकअप आर्टिस्ट मोमेन्ट शाह कार्की रहेका थिए।

विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिसहित सम्पन्न प्रतियोगिताको कोरियोग्राफी इभा क्षेत्रीले गरेकी हुन्। प्रतियोगितामा नेपालका विभिन्न जातजाति, परम्परा, भाषा तथा भेषभूषालाई प्रतिनिधित्व गर्ने फेसन डिजाइनर र मोडलहरूको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.