सुचना, समाचार र मनोरन्जन

एमाले प्रमुख सचेतकमा महर

नेकपा एमालेले प्रतिनिधिसभाको प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनीत गरेको छ ।

एमाले संसदीय दलका नेता रामबहादुर थापाले आज महरलाई प्रमुख सचेतकमा मनोनयन गर्नुभएको हो । एमालेको सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम आजदेखि लागू हुने गरी महर प्रतिनिधिसभाको प्रमुख सचेतकमा मनोनीत हुनुभएको हो ।

गएको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको चुनावमा महर बझाङबाट निर्वाचित हुनुभएकोे हो ।

Leave A Reply

Your email address will not be published.