सुचना, समाचार र मनोरन्जन

विपीन जोशीको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने

काठमाडौँ,

इजरायलमा ज्यान गुमाएका कञ्चनपुरका विपीन जोशीको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जोशीको परिवारलाई आर्थिक सहायता स्वरूप १० लाख दिने निर्णय भएको जानकारी दिनुभयो ।

जोशी पढ्दै कमाउँदै अर्थात् ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल पुग्नुभएको थियो । लडाकु समूह हमासले बन्धक बनाएको अवस्थामा गाजामा जोशीको ज्यान गएको थियो ।

Leave A Reply

Your email address will not be published.