पोखरा,
पोखराको न्युरोडमा एक्सटेपको नयाँ आउटलेट संचालनमा आएको छ । पोखराको दोश्रो तथा नेपालभरको १५ औ शाखाको रुपमा यो आउटलेट सुरु भएको हो । एक्सटेप नेपालले पोखरा न्युरोडमा आउटलेट विस्तार गरेको प्रबन्ध निर्देशक गणेश श्रेष्ठले जानकारी दिएका छन् ।
नयाँ आउटलेट शुभारम्भको अबसरमा एक्सटेप नेपालले हिमाली क्षेत्रमा काम गर्ने पोर्टर र टुर गाइडहरुलाई जुत्ता र टिसर्ट निशुल्क वितरण गरेको छ । साथै पोखराका युवा महिला खेलाडीहरुलाई पनि खेल पोशाक प्रदान गरिएको छ ।

उनले भने, “हिमाली क्षेत्रमा भारी बोकेर कठिन अवस्थामा पनि पर्यटकहरुको सामान गन्तव्य सम्म पुर्याउने पोर्टरहरुको ठूलो योगदान छ । त्यसैले उहाँहरुको यात्रालाई सजिलो बनाउन जुत्ता दिएका हौ ।” उनले टुर गाइडहरुको पनि महत्वपुर्ण भुमिका भएकाले उनीहरुलाई समेत जुत्ता बितरण गरिएको बताए ।
सामाजिक उतरदायित्व अन्तर्गत एक्सटेप नेपालले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने प्रबन्ध निर्देशक श्रेष्ठले बताएका छन ।
नयाँ आउटलेटको उद्घाटन पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष दिपेन्द्र मर्सानी र ट्रेल रनर दावा लामाले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष मर्सानीले पोखरा पर्यटनसंगै खेलकुदको राजधानी पनि भएको भन्दै एक्सटेप जस्तो ब्राण्डले दोश्रो आउटलेट सुरु गर्नु महत्वपुर्ण रहेको बताए ।
त्यस्तै ट्रेल रनर लामाले एक्सटेप खेलाडीहरु मात्र नभई दैनिक प्रयोगका लागि पनि राम्रो रहेको बताए । “जसले एक पटक एक्सटेप प्रयोग गर्छ उसले यो ब्राण्ड छोड्दैन,” उनले भने ।

आउटलेट शुभारम्भको अवसरमा टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्मा, जिल्ला खेलकुद कास्कीका अध्यक्ष मिलन गुरूङ, टाइगर ग्रुपका सचिब डिबी नेपालीलगायत खेलकुद क्षेत्रमा विभिन्न महानुभावहरुको बाक्लो उपस्थिती रहेको थियो ।
एक्सटेप ब्राण्ड विश्व बजारमा खेलकुद सामग्रीका लागि चिनिने गर्दछ । रनिङ, ट्रेनिङ, फिटनेस र दैनिक प्रयोगका लागि बनाइएका जुत्ता, कपडा र एसेसरिज प्रयोगकर्तालाई आराम र राम्रो प्रदर्शन दिने कम्पनीले जनाएको छ ।
श्रेष्ठका अनुसार एक्सटेपका जुत्ताहरु हलुका, टिकाउ र कुशनिङ प्रविधियुक्त हुने भएकाले लामो समय लगाउँदा खुट्टामा थकान कम हुने बताइन्छ । साथै राम्रो ग्रिप र सपोर्ट पनि दिने यसका उत्पादनहरु स्टाइलिस डिजाइनमा आउने भएकाले युवाहरु माझ लोकप्रिय बन्दै गएको र सस्तो मुल्यमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर पाइने भएकाले माग बढ्दै गएको उनले बताए ।

पोखरा न्युरोडमा खुलेको यो नयाँ आउटलेटले स्थानिय खेलाडी, फिटनेस प्रेमी र युवाहरुलाई गुणस्तरीय खेल सामग्री सजिलै उपलब्ध गराउने बिश्वास गरिएको छ ।