सुचना, समाचार र मनोरन्जन

नोबेल शान्ति पुरस्कारका लागि २८७ व्यक्ति र संस्थाको नाम सिफारिस

 

सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि २८७ जनाको नाम सिफारिस गरिने भएको छ। नयाँ सिफारिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम पनि समावेश भए नभएको अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन।

नर्वेको नोबेल कमिटीका सचिव क्रिस्टियन बर्ग हार्पविकनले बिहीबार भने, “यस वर्षको मनोनयनमा २०८ व्यक्ति र ७९ संस्थाहरू समावेश छन्।”

उनले गत वर्षको तुलनामा यो पटक धेरै नयाँ नाम रहेको पनि जानकारी दिए। उनले सिफरिसमा अमेरिकी राष्ट्रपति ट्रम्पको नाम समावेश भएको भन्ने बिषयमा कुनै टिप्पणी गरेका छैनन्।

“म अहिले यो काममा नयाँ छु,” जनवरी २०२५ मा सचिव नियुक्त भएका हार्पविकनले भने।

उनले भने, “मलाई अचम्म लागेको कुरा यो हो कि यो सूची वर्षैपिच्छे कति धेरै परिवर्तन भएको छ। विश्वभरि बढ्दो द्वन्द्व र अन्तर्राष्ट्रिय सहयोगको दबाबका बाबजुद पनि यो पुरस्कार आज पनि सान्दर्भिक छ।”

उनले भने, “हामी बाँचिरहेको समयमा शान्ति पुरस्कार अझ महत्त्वपूर्ण हुन्छ। पहिले जस्तै र अहिले अझ बढी राम्रो काम भइरहेको छ।”

Leave A Reply

Your email address will not be published.