सुचना, समाचार र मनोरन्जन

रितेशको फिल्म ‘राजा शिवाजी’ नेपालमा पनि प्रदर्शन

मुम्बई :

बलिउड अभिनेता रितेश देशमुखको ‘ड्रिम प्रोजेक्ट’ मानिएको फिल्म ‘राजा शिवाजी’ आज शुक्रबारबाट नेपालमा पनि प्रदर्शनमा आएको छ। फिल्मको नेपालका लागि आधिकारिक वितरक नेओम फिल्म्सका कश्यप नरेन्द्र वेद र नवीन उदासले फिल्म नेपालमा उच्च शो सहित प्रदशर््नमा आएको जानकारी दिए।

साहस, नेतृत्व र स्वराजका प्रतीक छत्रपति शिवाजी महाराजको जीवन र दृष्टिकोणको बिषयमा फिल्म बनेको हो । फिल्म मराठा साम्राज्यका संस्थापक छत्रपति शिवाजी महाराजको जीवनमा आधारित छ।फिल्मलाई अपभनेता रितेश आफैँले निर्देशन गरेका हुन् भने मुख्य भूमिकामा पनि उनी स्वयं देखिएका छन्। फिल्ममा रितेशका साथै जेनेलिया देशमुख, सञ्जय दत्त, विद्या बालन, भिषेक बच्चन र महेश मान्जरेकर जस्ता दिग्गज कलाकारहरूको अभिनय छ।

विशेष कुरा त के छ भने, रितेशका कान्छा छोरा राहिल देशमुखले यस फिल्ममा छत्रपति शिवाजी महाराजको बाल्यकालको भूमिका निर्वाह गर्दै अभिनयमा डेब्यु गरेका छन्। जियो स्टुडियोज, ज्योति देशपाण्डे र जेनेलिया डिसुजाले निर्माण गरेको फिल्म आगामी १०० करोड बढी भारतीय रुपैयाँमा निर्माण भएको हो। रितेश देशमुखले निर्देशन गरेको यसअघिको मराठी फिल्म ‘वेड’ व्यावसायिक रूपमा निकै सफल भएको थियो, जसका कारण ‘राजा शिवाजी’ प्रति दर्शकको ठूलो अपेक्षा रहेको छ।

Leave A Reply

Your email address will not be published.