पोखरा,
पोखराका सुकुम्बासीले सरकारले विकल्प नदिएसम्म हाल बसिरहेको ठाउँ खाली नगर्ने भन्दै आन्दोलनमा उत्रिएका छन ।
सोमबार पोखरामा जिल्ला प्रशासन कार्यालय र पोखरा महागनरपालिकामा ज्ञापनपत्र बुझाउदै विकल्प विना आफुहरु नहट्ने बताए । उनीहरुले पोखरामा विरोध ¥याली समेत गरेका छन् । जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री र पोखरामा महानगरपालिकामा उनीहरु ज्ञापनपत्र बुझाएका थिए ।
त्यसअघि पोखरा महानगरपालिकाले सार्वजनिक जग्गाका अनधिकृत संरचना हटाउन ३५ दिने अल्टिमेटम जारी गरेको थियो । ३५ दिने सूचना खारेज गर्न माग गर्दै भुमिहिन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति संयोजक प्रेमबहादुर गुरुङले विकल्प नदिइ खाली गर्ने बताए । उनीहरुले प्रधानमन्त्री बालेन्द्र शाहका विरुद्ध पनि नाराबाजी गरेका छन् ।
संयोजक गुरुङले आफुहरुको पहिला उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । पोखराको विकासमा सुकुमबासी मात्रै बाधक नभएको उनको भनाई थियो । उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडी र पोखरा महानगरपालिका अगाडी केही बेर धर्ना दिएका थिए । पार्दीबाट नयाँ बजार सम्म विरोध ¥याली प्रर्दशन गर्दै, नारा र प्लेकार्ड प्रर्दशन गरेका थिए ।