सुचना, समाचार र मनोरन्जन

पोखराको अमरसिंहमा बिक्रि केन्द्र रहेको जागुअर प्लाइको ब्रान्ड एम्बासडरमा सोमपाल कामी

काठमाडौँ,

अमरसिंहचोक पोखरामा पि सुलभ इन्टरप्राइजेज (श्री गणेश प्लाइवूड इन्डस्ट्रिज) अन्तर्गत सञ्चालित जागुआर प्लाइले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।

कम्पनीले आइतबार एक कार्यक्रमको आयोजना गर्दै सोमपाललाई एम्बासडर नियुक्त गरेको हो । यस सहकार्यले नेपालभर ब्रान्डको उपस्थिति थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।

सोमपाल कामी नेपाली क्रिकेटमा मेहनती, अनुशासित र भरोसायोग्य खेलाडीका रूपमा चिनिन्छन् । कम्पनीका अनुसार उनका यी गुणहरू जागुआर प्लाइको ‘मजबुती, टिकाउपन र विश्वास’ भन्ने ब्रान्ड मूल्यसँग मेल खाने कम्पनीको दावी छ ।

यस सहकार्यअन्तर्गत सोमपालले डिजिटल क्याम्पेन, विज्ञापन, डिलर कार्यक्रम तथा विभिन्न प्रचारात्मक गतिविधिमार्फत ब्रान्डको प्रतिनिधित्व गर्नेछन् ।

कम्पनीका निर्देशक रोहित नेमानीले सोमपालसँगको सहकार्यले ग्राहकसँगको सम्बन्ध अझ सुदृढ हुने बताए । उनले यसबाट बजारमा ब्रान्डको पहिचान थप बलियो बन्ने विश्वास व्यक्त गरे ।

यस्तै, सोमपाल कामीले पनि जागुआर प्लाइजस्तो गुणस्तरीय ब्रान्डसँग जोडिन पाउँदा खुशी लागेको बताए । उनले ब्रान्डको प्रवर्द्धनमा सक्रिय रूपमा योगदान गर्ने प्रतिबद्धता जनाए ।

जागुआर प्लाइले शटरिङ प्लाइउड, कमर्शियल प्लाइउड, फ्लस डोर तथा ल्यामिनेटजस्ता काठजन्य उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले देशभर आफ्नो डिलर सञ्जाल विस्तार गर्दै उपभोक्तामाझ विश्वास कायम गर्दै आएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.