सुचना, समाचार र मनोरन्जन

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

तनहुँ,

जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा जारी गण्डकी प्रदेशस्तरीय महिला पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल प्रवेश गरेका छन् । यस्तै महिलातर्फ कास्की र म्याग्दी फाइनल प्रवेश गरेका छन् ।

व्यास नगरपालिका–३ खुल्लामैदानमा आज बिहान भएको पहिलो सेमिफाइनलमा गोरखालाई हराउँदै पर्वत फाइनल प्रवेश गरेका हो । पर्वतले गोरखालाई ३(० को सोझो सेटमा पराजित गरेको हो ।

यस्तै दोस्रो सेमिफाइनलमा नवलपुरलाई पराजित गर्दै तनहुँ जिल्लाले फाइनलको यात्रा तय गरेको छ । तनहुँले नवलपुरलाई ३–१ सेटले पराजित गरेको छ ।

महिलातर्फको सेमिफाइनल खेलमा तनहुँलाई हराउँदै कास्की जिल्ला फाइनल प्रवेश गरेको छ । यस्तै दोस्रो सेमिफाइनल खेलमा पर्वतलाई हराउँदै म्याग्दी जिल्ला फाइनल प्रवेश गरेको छ ।

तेस्रो स्थानका लागि पुरुषतर्फ गोरखा र नवलपुरबीच तथा महिलातर्फ तेस्रो स्थानका लागि पर्वत र तनहुँबीच खेल हुनेछ ।

फाइनल खेल आज दिउँसो ३ बजे हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशको भलिबल टिम छनोटका लागि यहाँ प्रदेशस्तरीय महिला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

छनोट खेल भएकाले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १५ हजार नगद प्रदान गरिनेछ । प्रतियोगितामा पुरुषतर्फ मनाङ बाहेक १० जिल्ला र महिलातर्फ ११ वटै जिल्लाको सहभागिता रहेको छ ।

Leave A Reply

Your email address will not be published.