मोरङको सीमावर्ती जोगवनी नाकामा कडाइ गरिएको छ । भारतको जोगवनी हुँदै नेपाल प्रवेश गर्नेहरूका सुरक्षा निगरानीसहित परिचयपत्र अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा हुने अवैध घुसपैठ र आपराधिक गतिविधि नियन्त्रण गर्न कडाइ गर्ने निर्णय गरेको हो।
त्यसअनुसार सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेक व्यक्तिले आफ्नो पहिचान खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा देखाउनुपर्नेछ । प्रशासनको निर्णयसँगै सुरक्षा निकायले सीमा क्षेत्रमा माइकिङ पनि गरेको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल नेतृत्वको टोलीले हिजो जोगवनी–विराटनगर सीमा क्षेत्रमा स्थलगत अनुगमनसहित नयाँ व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन समेत दिएको थियो ।