सुचना, समाचार र मनोरन्जन

१८ मन्त्रालयको कार्यक्षेत्र तोकियो

काठमाडौँ,

सरकारले कार्य विभाजन नियमावली, २०८३ जारी गर्दै विभिन्न मन्त्रालयहरूको कार्यक्षेत्र र जिम्मेवारी हेरफेर गरेको छ। नेपालको संविधानको धारा ८२ को उपधारा (१) ले दिएको अधिकार प्रयोग गरी मन्त्रिपरिषद्ले यो नियमावली बनाएको हो।

नेपाल राजपत्रमा प्रकाशित यस नियमावलीले यसअघि कायम रहेको नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ लाई खारेज गरेको छ।

नयाँ नियमावलीको अनुसूची–१ अनुसार नेपाल सरकारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ वटा मन्त्रालयहरू रहने व्यवस्था गरिएको छ। जसमध्ये केही मन्त्रालयहरूको कार्यक्षेत्र विस्तार गरिएको छ भने केहीलाई गाभिएको छ।

Leave A Reply

Your email address will not be published.