Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- बाढीले अभिभावक खोस्यो, शिक्षा खोस्न नदिने संकल्पः १०० बढी बालबालिकाको भविष्यका लागि बतास–डा मनी लाल भौमिक फाउन्डेसन सहकार्य
- किसान परिवारबाट व्यवसाय हुँदै नेतृत्वको यात्रामा कुँवर : ‘पद होइन, निजी क्षेत्र बलियो बनाउने जिम्मेवारी चाहेको हुँ’
- टेम्पल बेल बुटिक रिसोर्टद्वारा बाढी प्रभावितलाई एक लाख भन्दा बढी सहयोग
- त्रिशूली–३ ‘ए’ मा सुरुङको मुख खोलेर माटो सोहोर्ने काम जारी
- प्रतिनिधिसभा ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने
- भोटेकोशी बाढीको प्रभावः ‘फेस अफ नेपाल-२०२६’को फिनाले सेप्टेम्बर ६ मा सर्यो
- नेपाल यातायातको सिटमा ‘झिंगे दाउ २’, क्यूआरबाट टिकट काट्न सकिने
- अटिजमको भावुक कथाले हलमा दर्शकका आँखा रसायो, ‘पार्वती’ले समात्यो कमाइको नयाँ लय
- सम्पर्कविहीनको पर्खाइमा बाटो हेर्दै परिवार
- उद्धारमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिइने
राष्ट्रियसभाको बैठक सुरु
काठमाडौँ,
राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक वर्षका लागि शुक्रबार दुवै सदनको संयुक्त बैठकमा बजेट पेस भएपछि आज संसद्को बैठक बसेको हो ।
राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवम् गृहमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधिसभा सदस्य निर्वाचन ९पहिलो संशोधन० विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
यसैगरी प्रधानमन्त्री शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधिसभा सदस्य निर्वाचन ९पहिलो संशोधन० विधेयक, २०८३लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यतालिका तय भएको छ ।
उहाँले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘मतदाता नामावली ९पहिलो संशोधन० विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘मतदाता नामावली ९पहिलो संशोधन० विधेयक, २०८३लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसुची रहेको छ ।