सुचना, समाचार र मनोरन्जन

जोण्टा क्लव अफ पोखराको अध्यक्षमा नेलिसा

पोखरा,

जोण्टा क्लव अफ पोखराको अध्यक्षमा नेलिसा ठकुरी केसी चयन हुनुभएको छ । जोण्टा इन्टरनेशनल डिष्ट्रिक २५ अन्र्तगत एरिया २ को हालै पोखरामा सम्पन्न सातौं साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि उहाँको अध्यक्षतामा पाँच सदस्यि कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा सिर्जना केसी भट्टराई, सचिवमा बन्दना कार्की केसी, कोषाध्यक्षमा श्रीविद्या रघुनन्दन कायस्थ चयन हुनुभयो । समितिको निवर्तनमान अध्यक्षमा रोजिना रञ्जित बिजुक्छे रहनुभएको छ ।

Pach Pandav

समितिको नेमिनेटिङ कमिटिमा मोनिका थापा, एडभोकेसि कमिटिमा अर्चना कर्माचार्य, अवार्ड एण्ड स्कलरशिपमा निलिमा गुरुङ, लिडर्सशिपमा अन्जना तज्या, भिजिविलिटीमा लिसा गुरुङ, सर्भिसमा अनिता केसी भट्टराई, युएन एण्ड क्लाइमेटमा पुनम भट्टराई र जी एण्ड गोल्डेन जीमा साम्राज्ञी क्षेत्री चयन हुनुभयो ।

जोण्टा क्लव अफ पोखराले वर्षेनी महिला हिंसा विरुद्ध १६ दिने अभियानमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । त्यसैगरि महिला, बालबालिका तथा वातावरणको क्षेत्रमा पनि सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । भइरहेका कार्यक्रमलाई निरन्तरता दिंदै आगामी दिनमा केहि नविनतम कार्यक्रम ल्याइने नवनिर्वाचित अध्यक्ष केसीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.