सुचना, समाचार र मनोरन्जन

रास्वपाको ५६ जिल्लाको अधिवेशन सकियो, ५ जिल्लामा प्रक्रिया सुरु हुनै बाँकी

राष्ट्रिय स्वतन्त्र पार्टीको ५६ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार अधिवेशनको निर्वाचनको चरणमा रहेका जिल्लाको संखया १२ वटा छ । एउटा जिल्लाको अधिवेशन स्थगीत भएको छ भने पाँच जिल्ला डोल्पा, हुम्ला, रुकुम पूर्व, मनाङ, मुस्ताङमा अधिवेशन भएको छैन ।

रास्वपाको जिल्ला अधिवेशन यही जेठ २३ गतेबाट सुरु भएको हो । जिल्ला अधिवेशन सकाएर जेठ २६ गते अर्थात, भोलिदेखि सात प्रदेशको अधिवेशन सुरु गर्ने तालिका छ ।

Leave A Reply

Your email address will not be published.