काठमाडौं :
हास्य कलाकार तथा डिमान्डेट नेपाली फिल्मका अभिनेता केदार घिमिरे ६ महिनादेखि अमेरिकामा बसोबास छन्। नेपाली कलाकार तथा निर्देशकहरुले उनी ग्रीन कार्ड लिने प्रक्रियामा रहेको चर्चा गरिरहेको अवस्थामा उनकी श्रीमतीले भने छोरीका लागि बसेको खुलासा गरेकी छन्।
बिहिबारउनकी श्रीमती तथा कलाकार सीतादेवी तिमल्सिनाले छोरी बिरामी भएकाले उपचारका लागि अमेरिका बस्नु परेको दाबी गरिन्। गौँथली गीतको रिलिजमा बिग मुभिज् पुगेकी सीतालाई पत्रकारले श्रीमानलाई कति मिस गर्नुहुन्छ भन्ने प्रश्न सोधेका थिए। जसको जवाफमा उनले भनिन्, ‘मिस त अवश्य हुन्छ नै । तर, मिस भयो भनेर आफ्नो कर्तव्यबाट विमुख हुनु पनि भएन । मैले आज भनेँ, हाम्री छोरी अमेरिका छिन् । छोरीलाई स्वास्थ्यले अलि साथ नदिएका कारण उहाँ छोरीलाई सहयोग गरेर बस्नुभएको छ । यता मैले छोरालाई हेरिरहेको छु, उता उहाँले छोरीलाई हेरिरहनुभएको छ।’
उनको भनाईमा ठ्याक्कै उनी छोरीकै हेरचाहमा बसेको जस्तो लाग्दैन। केदार आफ्नो पछिल्लो फिल्म ‘जेरी अन टप’ रिलिज लगत्तै अमेरिका गएका थिए। त्यसपछि उनी ग्रीन कार्डका लागि लामो समय लागेपछि नेपाल फर्कन नमिलेपछि उतै छन्। उनी तत्काल नेपाल नआउने भएपछि दीपक–दीपा समूहको नयाँ फिल्म ‘छ माया छपक्कै २’मा समेत उनको ठाउँमा अर्को कलाकार राखेर सुटिङ गरिरहेको छ। ताकी यस टिमको उनी एटिम कार्ड जस्तै कलाकार थिए। यता माग्नेराजा भाग २ को तयारी पनि अन्योलमा परेको छ भने अन्य फिल्ममा समेत उनी नआएपछि कलाकार फेरिएका छन्।
यतिबेला केदारको सामाजिक सञ्जाल हेर्ने हो भने उनी अमेरिकाका काम गरिरहेका छन् भने धुर्मुस सुन्तलीको काममा पनि सघाइरहेका छन्। सीताराम कट्टेल दम्पतीले उतैको ग्रिन कार्ड लिएर उतै बसेका छन्।