काठमाडौँ :
नेपाली दर्शकमाझ अत्यधिक रुचाइएका अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरलाई पुनः दर्शकले पर्दामा हेर्न पाउने भएका छन्। अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने फिल्म ‘रातो घेरा (द रेड सर्कल)’ मार्फत उनीहरू पुनः पर्दामा देखिन लागेका हुन्।
विश्राम फिल्मस् प्रा.लिको निर्माणमा हुने यस फिल्ममा दयाहाङ र मिरुनाको मुख्य भुमिका रहने छ। उनीहरु पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा सबैभन्दा बढी रुचाइएका जोडी हु्न्।
निर्माण पक्षका अनुसार यो फिल्मलाई अझ भव्य, कथात्मक रूपमा सशक्त र प्राविधिक रूपमा उच्च स्तरको बनाउन विशेष ध्यान दिइएको छ। यस फिल्ममा रहने अन्य कलाकार र प्राविधिक टिमको विवरण क्रमशः सार्वजनिक गरिने निर्माण पक्षको भनाई छ।
जीवन गुरुङ, कविता गुरुङ,भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचनले संयुक्त रुपमा निर्माण गर्न लागेको यो फिल्मलाई काफिया फिल्म्स प्रा. लिका गोविन्द शाहीले वितरणको जिम्मा लिएका छन्।