सुचना, समाचार र मनोरन्जन

द भ्वाईस अफ नेपाल ४ बिजेता करण राईको ‘मैनाम’ म्युजिक फिल्म सार्वजनिक

काठमाडौ :

गायक करण राईको ‘मैनाम’ अ पोइटिक म्युजिक फिल्म सार्वजनिक भएको छ। द भ्वाईस अफ नेपाल सिजन ४ का बिजेता गायक करणले निकै समयपछि फरक शैलीको सिर्जना दर्शकमाझ ल्याएका हुन्।

करण राईको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘मैनाम’ अमर श्रष्ठा, वरिष्ठ गायक तथा संगीतकार गणेश रशिकको संगीत रहेको छ भने कवि उत्तम तुम्सा लिम्बुको कविता रहेको छ। यस कृतिमा करण राईले गाएका छन्, भने कवि उत्तमले कविता वाचन समेत गरेका छन् । ‘मैनाम’ अ पोइटिक म्युजिक फिल्मलाई देबेश राईले एरेञ्ज, मिक्सिङ मास्टरिङ गरेका छन्, भने रङ्काशु स्टुडियोमा रेकर्ड गरिएको हो।

ललितपुरमा एक कार्यक्रमका विच सफल कवि, लेखक तथा निर्देशक उपेन्द्र सुब्बा, चर्चित कवि स्वप्निल स्मृती र लेखक श्याम सिंगकको उपस्थितिमा पोइटिक म्युजिक फिल्म सार्वजनिक गरिएको थियो। ‘मैनाम’ अ पोइटिक म्युजिक फिल्म हेरेपछि उपेन्द्रले अमर श्रष्ठा रशिकलाई सम्झिर्दै म्युजिकसंगै करण र उत्तमको कामको तारिफ गरे । संगै स्वप्निल र श्यामले पनि सार्वजनिक कृतिको तारिफ गरेर थाकेनन्।

कवि उत्तम तुम्साकै लेखन तथा निर्देशन रहेको ‘मैनाम’ अ पोइटिक म्युजिक फिल्ममा गायक करणकै अभिनय देख्न सकिन्छ। करणको जोडी भएर सृष्टि मगरले अभिनय गरेका छन्। करण र सृष्टिको जोडी जमेको छ। डिएनएक्स हाङ्ग्गामको सिनेमाटोग्राफी रहेको छ, भने बिवेक सुनारले सम्पादन गरेका छन् । त्यस्तै मिलन बिश्वकर्माको कलर रहेको भिडियोमा सह निर्देशन पबित्रा राईले गरेकी छिन्।

Leave A Reply

Your email address will not be published.