काठमाडौंँ :
बलिउउ फिल्म ‘बेबी डु डाइ डु’ नेपालमा प्रदर्शन हुने भएको छ। यस फिल्मले यहीँ असार १९ गते देखि नेपालभरका हलबाट प्रदर्शनमा आउने भएको हो।
नेपालका फिल्म वितरकले यो फिल्म नेपालमा प्रदर्शनका क्रममा यस फिल्मका कलाकार समेत नेपाल आउने भएका छन्। फिल्मका मुख्य कलाकार हुमा कुरेशी र चंकी पाण्डेले एक भिडियोमार्फत सिनेमा नेपालमा प्रदर्शन हुन लागेको र टिकट बुकिङ खुलिसकेको जानकारी दिएका छन् ।
साकिब सलीमले निर्माण गरेको सिनेमा सिंहदेवी प्रोडक्सनले नेपालमा वितरण गर्न लागेको हो। केही हलमा फिल्मको टिकट बुकिङ खुलाइएको छ । देशकै ठूलो मल्टिप्लेक्स हल क्युएफएक्स सिनेमाजले राइजिङ मल, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स, लबिम मल र सिटी स्क्वायर मलमा सो खुलाएको छ ।
एक्सन र थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक नचिकेत सामन्त हुन् । निर्माण टिमकाअनुसार सिनेमा बेबी नामकी एक रहस्यमय महिलाको कथामा आधारित छ । उनी बाहिरबाट साधारण जीवन जिउँछिन् तर भित्रभित्रै उनी अन्डरवल्र्डसँग जोडिएर हिंसात्मक र खतरानाक आपराधिक क्रियाकलापमा सहभागि हुन्छिन् ।
ट्रेलरमा उनलाई एक हिटवुमनको रुपमा देखाइएको छ । विगतको एक दर्दनाक घटनाको कारण उनी अपराध, बदला र मानसिक द्वन्द्वको चक्रमा फसिरहेको देखिन्छ । समग्रमा सिनेमाको कथा रहस्य, सस्पेन्स, एक्सन र अप्रत्याशित ट्विस्टहरूले भरिएको निर्माण टिमको दाबी छ।
फिल्ममा हुमा कुरेशी, सिकन्दर खेर, चंकी पाण्डे, सीमा पाहवा, रचित सिंह, विद्या मालवडे, हिमांशु मलिक, मरुधर शेखावत र अरुण कुशवाहलगायत कलाकारको अभिनय रहेको छ।