Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘रातोघेरा’मा दयाहाङ राई मिरुना मगरको जोडी
- महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
- किसानको कथा बोकेको फिल्म ‘हली’को देशव्यापी प्रचार तीव्र, यस्तो छ टिमको दौडधुप
- नेपाली कफीको राष्ट्रिय प्रदर्शनी तथा कपिङ च्याम्पियनसिपको तयारी हुँदै
- अरुण क्षेत्रीले अटिजम भएको क्यारेक्टरकै रूपमा अन्तर्वार्ता,दर्शकहरू साँच्चैको रियल क्यारेक्टर हो कि भनेर झुक्किए
- अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो
- सय वर्षअघिको नेपाली समाजको कथा बोकेको ‘यो कथा होइन’ सिरिज घोषणा
- काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा अशोका कलेजमा सूचना प्रविधि स्नातक कार्यक्रम
- भारतमा चिया निर्यात नियमित
- राष्ट्रिय विज्ञापन नीति स्वीकृतः डिजिटल विज्ञापनदेखि ‘डिपफेक’सम्म नियमन
अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो
काठमाडौँ,
यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर आजदेखि नै लागू हुनेगरी दुई प्रतिशतले घटाएको छ ।
विभागले आज सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले घटाइएको हो ।
विभागले पछिल्लो पटक भाडादर समायोजन गर्दा भएको डिजेलको औसत मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा रहेको थियो भने गत असार १७ गतेदेखि भने १९३ रुपैयाँ ८३ कायम भएकाले स्वचालित प्रणालीअनुसार नयाँ भाडा समायोजन गरिएको जनाएको छ ।
यसअघि विसं २०८३ वैशाख १२ गतेको मन्त्रिस्तरको निर्णयअनुसार सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडा पाँच प्रतिशतले वृद्धि गरेको थियो ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला ९सरोज०ले विभागले सार्वजनिक यातायात र मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले घटाएको बताउनुभयो ।