सुचना, समाचार र मनोरन्जन

बालखैमा बिहे गरेकी गौँथलीलाई सासुले कुटिन्,सासुको कुटाई सहन नसक्दा हिडिन माइती(भिडियोसहित)

काठमाडौं :

चलचित्र ‘गौँथली’को ट्रेलर सार्वजनिक भएको छ। आगामी साउन १ गतेबाट प्रदर्शनमा आउने चलचित्रको निर्माण टिमले सामाजिक र पारिवारिक कथावस्तुमा आधारित ट्रेलर सार्वजनिक गरेको  हो।

सार्वजनिक ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले एउटी युवतीको शिक्षा प्राप्तिको संघर्ष र वैवाहिक जीवनमा आइपर्ने अप्रत्याशित चुनौतीलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। चलचित्रको कथा सार बताउने ट्रेलरमा स्वास्थ्यका कारण सिनेमाका मुख्य पात्र अरुण क्षेत्रीले देखाउने अस्वभाविक क्रियाकलाप र त्यसको सामना गरिरहेकी सिम्रन खड्कालाई देखाइएको छ।

पढ्नका लागि सिम्रनले गरेको संघर्ष र त्यसमा उनको घर नै कसरी बाधक बनिरहेको छ भन्ने ट्रेलरले देखाएको छ । महिलाले महिलालाई नै सहयोग नगर्दाको असर ट्रेलरमा देख्न सकिन्छ। पुरातनबादी समाज र सोचसँग संघर्ष गरिरहेकी एक युवतीले गरिरहेको संघर्ष र शारीरिक रूपमा फरक रहेका व्यक्तिले देखाउने फरक–फरक क्रियाकलापले ट्रेलरलाई आकर्षक बनाएको छ।

अटिजमबाट पीडित युवकसँग भर्खरै विवाह गरेकी दुलहीले झेलिरहेको समस्या, उनले पढ्नका लागि गरेको संघर्ष, परम्परागत मान्यता र विश्वासमा अडिरहेको सोच र त्यसले भत्काइरहेको सुन्दर सपना र घरलाई ट्रेलरमा भावनात्मक रूपमा चित्रण गरिएको छ। सिनेमाले उठान गरेको कथा, कलाकारको अभिनय र ग्रामीण परिवेशले ट्रेलरलाई आकर्षक बनाएको छ। विवाह गर्दिन भन्ने एक युवतीले आमाबुवाको आग्रह र इज्जत धान्न गरेको सम्झौताले पाउनु परेको दुःखले इमोस्नल बनाउँछ।

चलचित्र ‘गौँथली’लाई डा. कपिल रिजालले निर्देशन गरेका छन्। ‘गौँथली’मा अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना,लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्। डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन्। शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको यस चलचित्रमा पाश्र्व संगीत एलिस कार्कीको छ।

चलचित्रलाई हरि हुमागाईंले खिचेका छन् । मिलन श्रेष्ठले सम्पादन गरेका छन्। गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ।

‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि चलचित्र निर्माण गरेका थिए। उक्त चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ । ‘गौथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो। अहिले सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ चलचित्र ‘गौँथली’ निर्देशन गरेका हुन्। साउन १ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ.डी. कम्पनीले वितरण गर्ने छन् । डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ ।

Leave A Reply

Your email address will not be published.