सुचना, समाचार र मनोरन्जन

होल्डिङ सेन्टरबाट ५४ जनालाई सुरक्षित स्थानमा सारियाे

पाेखरा,

गएराति कीर्तिपुरस्थित डुबानमा परेकाे सुकुम्बासी होल्डिङ सेन्टरबाट सुरक्षाकर्मीले ५४ जनालाई सुरक्षित स्थानमा सारेको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमान्डमा डिजास्टर म्यानेजमेन्टसहित ३० जना र नेपाल प्रहरीका थप ३० जनाको संयुक्त टोली परिचालन गरिएको थियो ।

अविरल वर्षासँगै बागमती नदीको जलस्तर बढ्दा  होल्डिङ सेन्टर डुबानमा परेको थियाे । होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरेको छ । ९४ जना भने सेन्टरभित्रै पानी नपसेको सुरक्षित स्थानमा बसिरहेका छन् ।

सरकारले काठमाडौँको विभिन्न स्थानबाट हटाएका सुकुमबासीलाई राखेको कीर्तिपुर होल्डिङ सेन्टर जलमग्न बनेको छ ।

Leave A Reply

Your email address will not be published.